भोलि संसदमा एमाले संसदीय दलको तर्फबाट प्रारम्भमै विचारहरु प्रस्तुत गर्नेछु : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातमै आफ्ना विचारहरु राख्ने बताएका छन् ।

भोलि संसदमा एमाले संसदीय दलको तर्फबाट प्रारम्भमै विचारहरु प्रस्तुत गर्नेछु : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातमै आफ्ना विचारहरु राख्ने बताएका छन् । शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले भोलि बस्ने प्रतिनिधिसभा बैठकको सुरुमा एमाले संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेबारे सांसदहरुलाई जानकारी गराएका हुन् । उनले भने– ‘मैले भोलि केही कुराहरु राख्नेछु । ११ बजे छलफल सुरु हुन्छ प्रारम्भमै मैले हाम्रो संसदीय दलको तर्फबाट विचारहरु प्रस्तुत गर्नेछु । त्यसमा अलि समग्र कुराहरु अलि बढी राजनीतिक कोणबाट पनि आउनेनै छन् ।’