चितवन । चितवनको भरतपुरमा-१७ नारायणचोकमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट नारायणचोकका ६० वर्षीय झलकराज पौडेलको ज्यान गएको हो ।
पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो । सामान्य घाइते भएका ५७ वर्षीय टङ्कनाथ रेग्मी भने उपचारपछि घर लिएको प्रहरीले जनाएको छ ।
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गयो
चितवनको भरतपुरमा-१७ नारायणचोकमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

