काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले निकट भविष्यमा हुन लागेको भारत भ्रमण नेपाल र नेपाली जनताको पक्षमा रेकर्ड बन्ने विश्वास व्यक्त गरेका छन्।
पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नयाँ रेकर्ड बनाउने विश्वाससहित भारत भ्रमणको तयारी भइरहेको बताएका हुन्।
अहिले अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि नेपालको विकास र समृद्धिको पक्षमा सकारात्मक र नयाँ पहलकदमी लिन जोड गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा पनि नेपाल र नेपाली जनताको पक्षमा नयाँ रेकर्ड बन्ने बताए।
भारत भ्रमणबाट नयाँ रेकर्ड बन्ने विश्वास छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले निकट भविष्यमा हुन लागेको भारत भ्रमण नेपाल र नेपाली जनताको पक्षमा रेकर्ड बन्ने विश्वास व्यक्त गरेका छन्।

