ओली र देउवासँगको बैठकलाई शंकाको दृष्टिकोणले नहेरिदिनुस् : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलको बैठकलाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका छन्।

ओली र देउवासँगको बैठकलाई शंकाको दृष्टिकोणले नहेरिदिनुस् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलको बैठकलाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका छन्। नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन दलको बैठक सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न मात्रै बस्ने गरेको बताएका हुन्। केपी शर्मा ओली, शेरबहादुर देउवा र आफ्नो नक्कली भुटानी शरणार्थी प्रकरणमा भित्र र बाहिर दोषीलाई कारबाही र निर्दोष नफसुन् भन्ने नै रहेको जानकारी गराए।