काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधानको पुनःमूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रथम राष्ट्रपति यादवले अहिले नै संविधानको पुनःमूल्याङ्कनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको औंल्याए । उनले वर्तमान संविधानको कार्यान्वयन सही ढङ्गबाट गर्न बाँकी नै रहेको बताए ।
प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरेका छन् । उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘‘सेंविधानलाई पुनःमूल्याङ्कन गर्ने बेला भएको छैन । यसलाई लागू गर्नेतिर हामी जाऔँ । एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ ।
संविधानको पुनःमूल्याङ्कन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधानको पुनःमूल्याङ्कन गर्ने बेला नभएको बताएका छन् ।

