रौतहट । रौतहटको गौर नगरपालिका– ७ सिसवा गाउँका एक जनाको हत्या भएको छ । शुक्रबार राति सिसवाका शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको राति हत्या गरेको हो । घटनापछि कबिर फरार छन् ।
राति १० बजे दुवै जनाबीच समान्य विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए । पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगेको जिल्ला प्रहरी गौरले जनायो । अस्पताल पुर्याइएका खानलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
घटनाको खबर पाउना साथ राति नै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी पुग्नअघि नै आरोपी कबिर फरार रहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विन्देश्वर यादवले बताए । ‘खानमाथि छुरा प्रहार गरेको आरोप लागेका कबिर फरार छन्,‘उनले भने, ‘के कारणले खानमाथि छुरा प्रहार भएको भन्ने अनुसन्धान थालेका छौं ।’
रौतहटमा छुरा प्रहार गरी एकको हत्या
रौतहटको गौर नगरपालिका– ७ सिसवा गाउँका एक जनाको हत्या भएको छ ।

