लुम्बिनीका मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद विस्तार गर्न नसक्दा ९ मन्त्रालयको भारी, बजेट निर्माणमा सकस

वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गर्न नसक्दा ९ वटा मन्त्रालयको भारी आफैँले बोक्नु परिरहेको छ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद विस्तार गर्न नसक्दा ९ मन्त्रालयको भारी, बजेट निर्माणमा सकस
बुटवल । वैशाख १४ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गर्न नसक्दा ९ वटा मन्त्रालयको भारी आफैँले बोक्नु परिरहेको छ । जसले गर्दा अहिले बजेट निर्माणका लागि सकस हुन थालेको छ । मुख्यमन्त्री चौधरीले आर्थिक मामिला मन्त्रालयबाहेक अन्य सबै मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । उनले हालै आर्थिक मामिला मन्त्रीको जिम्मेवारी धनबहादुर मास्कीलाई दिए पनि अन्य मन्त्री नियुक्त गर्न नसक्दा नीतिगत निर्णय गर्न मन्त्रालयहरुलाई कठिनाइ भइरहेको छ । बजेट निर्माण गर्नुपर्ने समयमा विभागीय मन्त्री नहुँदा अप्ठ्यारो भइरहेको कर्मचारीहरु बताउँछन् । अहिले प्रदेश सबै मन्त्रालय बजेट निर्माणको काममा खटिरहेका छन् । लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले बजेट निर्माणको प्रक्रिया तीब्र रुपमा भइरहेको बताए । तर विभागीय मन्त्री नहुँदा मन्त्रालयले बहुवर्षे योजना जारी राखे पनि कुन योजनामा कति बजेट छुट्याउने भनेर निर्णय गर्न कठिन भएको उनको भनाइ छ ।