मधेश र कोशी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ।

मधेश र कोशी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ। बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। पहाडी भागमा दिउँसो मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र मधेश प्रदेशमा वर्षासँगै हावाहुरी चल्नेसमेत सम्भावना छ। कोशी र गण्डकी प्रदेशको मौसम राति पनि आंशिकदेखि सामान्य बदली रही वर्षा हुने महाशाखाको भनाइ छ। मेघगर्जन र चट्याङसहित वर्षा र हावाहुरी चल्ने भएकाले त्यसबाट हुनसक्ने क्षति र जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।