काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायण प्रसाद दाहालले शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रियस्तरको बदनाम गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टचार मात्र नभई देशद्रोहीको कार्य भएको र यसले अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्रमा नयाँ चुनौती थपिएको बताए ।
दाहालको भनाइ छ– ‘नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोही मानव वेचविखन प्रकृतिको अपराध हो । यसले गर्दा सिङगो देशको राजनीति क्षेत्र न्यायिक,प्रशासनीक,सरक्षा निकाय, अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्र तरङगित मात्र हैन सबैमा नयाँ चुनौती थपिएको अनुभुति भएको छ । सरकारको नेतृत्वमा रहेका नेताहरु उच्च ओहोदाको कर्मचारी नै यस अपराधमा संलग्नभएको कुराले देश नै स्तब्ध जस्तो भएको छ ।’
दाहालले यस्तो कार्यमा दोषि कोही पनि नछुटोस भन्ने कुरामा सरकार प्रष्ट हुनुपर्ने बताए ।
शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रियस्तरको बदनाम गर्यो : नारायण प्रसाद दाहाल
राष्ट्रिय सभा सदस्य नारायण प्रसाद दाहालले शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रियस्तरको बदनाम गरेको टिप्पणी गरेका छन् ।

