नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि बैठक बस्न लागेको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए ।

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । सरकारको नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि बैठक बस्न लागेको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए । “हामी जम्मा हुँदैछौँ । म सिंहदरबार आइसके अब बैठक बसेर नीति कार्यक्रम पारित गर्ने तयारी छ,” मन्त्रीले लिम्बूले भने । आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।