घट्यो सुनको मूल्य

साताको अन्तिम शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

घट्यो सुनको मूल्य
काठमाडौं । साताको अन्तिम शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर रहँदै १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आज छापावाल सुन एक लाख ९ हजार २ सय रूपैयाँ र तेजावी सुन एक लाख ८ हजार ७ सयमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।