काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बिहीबार थप एक जनालाई पक्राउ गरेको छ। सिंहदरबारस्थित उर्जा मन्त्रालयबाट नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका हुन्।
मियाँले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहले आफ्नो सरकारी नम्बर प्लेटको गाडी दिएको प्रहरी अनुसन्धानमा देखिएको छ। उनको गाडीलाई गिरोहले नम्बर प्लेट फेरेर नक्कली शरणार्थीलाई बोक्न प्रयोग गरेको प्रहरीले बताएको छ।
प्रहरीले बि.ए.बी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरी स्रोतले बतायो।
मियाँ २०७५ सालदेखि हज समितिका अध्यक्ष छन्। यही प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीसँगको निकटताका कारण मियाँ हज समितिका अध्यक्ष बनेका हुन्।
भारतबाट सामान ल्याउने र बेच्नेमा व्यवसायमा आवद्ध मियाँ रायमाझीसँगको निकटताकै कारण माओवादी छोडेर एमाले भएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका मियाँको टोपबहादुरसँग कनेक्सन !
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बिहीबार थप एक जनालाई पक्राउ गरेको छ।

