रेशम चौधरीलाई अध्यादेश ल्याएर छुटाउने प्रयास गरेकै हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेलमा रहेका रेशम चौधरीलाई अध्यादेश ल्याएरै छुटाउने प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन्।

रेशम चौधरीलाई अध्यादेश ल्याएर छुटाउने प्रयास गरेकै हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेलमा रहेका रेशम चौधरीलाई अध्यादेश ल्याएरै छुटाउने प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘रेशम चौधरीको विषयमा यसअघि पनि अध्यादेश ल्याएर छुटाउने प्रयास गरेकै हो। अदालतबाट जे फैसला भए पनि छिटो होस् भन्ने आवाज हामीले नै उठाएका हौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले टुङ्गिएको छ। यो विषयलाई कसरी समाधान गर्ने विषयमा हामी गम्भीर छौँ।’ सर्वोच्च अदालतको पछिल्लो एक फैसलाले रेशमलाई जन्मकैदको तल्लो अदालताबाट भएको फैसलालाई सदर गरेको छ।