दाङमा नुहाउने क्रममा खोलामा डुबेर बालकको मृत्यु

दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

दाङमा नुहाउने क्रममा खोलामा डुबेर बालकको मृत्यु
दाङ । दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ । बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए । लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।