प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभा बैठकलाई पछि सारेर प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ । तर बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक १२ः१५ बजेसम्म पनि शुरु भएको छैन ।