काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौं उपत्यकामा दिनभर नै बदली हुने सम्भावना रहेको छ ।
‘अहिले काठमाडौं उपत्यकाका कतै कतै र वरिपरि छिटपुट वर्षा भइरहेको छ’, उनले भनिन्, ‘दिउँसोचाहिँ हिजोजस्तै अलि धेरै बेर वर्षा हुने सम्भावना छ।’
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
‘खासगरी वर्षाको सम्भावना पहाडी भूभागमा भए पनि कोशी प्रदेशको तराई र मधेश प्रदेशको पूर्वी भाग (तराई) मा पनि वर्षाको सम्भावना छ’, उनले भनिन्।
यस्तै राति पनि कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।
रातिका लागि बुलेटिनमा अगाडि भनिएको छ– कोशी प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
त्यसमा भनिएको छ– कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
काठमाडौंमा बिहानैदेखि मेघगर्जनसहित वर्षा
रातिका लागि बुलेटिनमा अगाडि भनिएको छ– कोशी प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

