मौसम खराब हुँदा जहाज आकाशमा घुमेको घुम्यै

काठमाडौँमा मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ ।

मौसम खराब हुँदा जहाज आकाशमा घुमेको घुम्यै
काठमाडौँ । काठमाडौँमा मौसम खराब हुँदा हवाई उडान प्रभावित भएको छ । काठमाडाैँबाट उड्ने जहाज प्रभावित नभए पनि अवतरण हुने जहाज भने प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नरहेपछि जहाज काठमाडाैँ वरपरको आकाशमा घुमेको घुम्यै छन् । नयाँ दिल्लीबाट आएको भिस्तारा एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज, जापानको टोकियोबाट आएको नेपाल एअरलाइन्स र दक्षिण कोरियाबाट आएको कोरियन एअरलाइन्सले आकाशमा फन्को लगाइरहेका छन् ।