नागरिक उन्मुक्ति पार्टीको विज्ञप्ति : रेशम चौधरीलाई फाँसी दिए हुन्छ

रेशम चौधरीका सम्बन्धमा जिल्ला र उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्त पार्टीले विज्ञप्ति जारी गरेको छ।

नागरिक उन्मुक्ति पार्टीको विज्ञप्ति : रेशम चौधरीलाई फाँसी दिए हुन्छ
काठमाडौं । रेशम चौधरीका सम्बन्धमा जिल्ला र उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्त पार्टीले विज्ञप्ति जारी गरेको छ। उसले अदालतको फैसला स्वीकार्य भएको बताएको छ। तर केही प्रश्नहरु पनि उठाएको छ। यो (चौधरी जोडिएको विषय टीकापुर घटना) राजनीतिक मुद्दा अदालती होइन, विज्ञप्तिमा भनिएको छ, आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्दछौँ। उनले सरकारसँग दुई वटा माग प्रस्तुत गरेको छ। एक, सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनुपर्छ, विज्ञप्तिमा भनिएको छ, दोस्रो, यदि रेशमलाल चौधरी लगायतका राजबन्दी हत्यारा हुन् भने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फाँसी दिए हुन्छ। सो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिए आफूहरुसँग अर्को विकल्प नरहेको बताउँदै आन्दोलन गर्न विवश हुने भनिएको छ।