सगरमाथा आरोहणका क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु भएको छ ।

सगरमाथा आरोहणका क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनका क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु भएको छ । यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो । तर, उनको पुर्ण विवरण भने आइसकेको छैन । ‘ती आरोहीको आज बिहान तीन बजे शिविरमै मृत्यु भएको हो, हामी थप विवरण लिन प्रयास गरिरहेका छौुं पर्यटन विभागका अधिकारी युवराज खतिवडाले बताए ।