बालुवाटारमा १० दलको बैठक जारी

सरकारमा सहभागी तथा सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा जारी छ।

बालुवाटारमा १० दलको बैठक जारी
काठमाडौं । सरकारमा सहभागी तथा सरकारलाई समर्थन गरेका दलको बैठक बालुवाटारमा  जारी  छ। प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो। आजको बैठकमा सरकारले संसद्मा आगामी शुक्रबार ल्याउने यस वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थीक वर्षको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।