चेबो अदैको हत्या भएको भन्दै स्थानीयले घेरे इलाका प्रहरी कार्यालय बुर्तिबाङ (भिडिओ)

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत नेतृत्वको टोलीले बुधबार इलाका प्रहरी कार्यालय बुर्तिबाङ घेराउ गरेको हो ।

चेबो अदैको हत्या भएको भन्दै स्थानीयले घेरे इलाका प्रहरी कार्यालय बुर्तिबाङ (भिडिओ)
बुर्तिबाङ । बागलुङको ढोरपाटन नगरपालिका -२ तारिखेतमा बस्दै आएका ५५ वर्षीय चेबो अदैको हत्या भएको भन्दै स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत नेतृत्वको टोलीले बुधबार इलाका प्रहरी कार्यालय बुर्तिबाङ घेराउ गरेको हो । मंगलबार साँझ छिमेकीसँग झगडा भएको भन्दै प्रहरीलाई खबर गरेपनि घटनास्थलमा प्रहरी नगएका कारण अदैको हत्या भएको स्थानीयकाे अाराेप छ ।  स्थानीयले प्रहरी प्रशासन मुर्दाबाद, हत्यारालाई तत्काल पक्राउ गरी फाँसी दे, शान्ति सुरक्षा कायम गर भन्दै नाराबाजी गरिरहेका छन् । हालसम्म इलाका प्रहरी कार्यालय बुर्तिबाङले पाँच जना स्थानीयलाई पक्राउ गरेको छ । घटनास्थलको मुचुल्का उठाउने तयारी भइरहेको र पोष्टमार्टमपछि घटनाको थप विवरण खुल्ने डिएसपी केसीको भनाइ छ । 'स्थानीयले हत्यारालाई कारबाही गर भन्दै प्रहरी कार्यालय घेराउ गर्नुभएको छ,' उनले न्यूज खरीसँग भने, 'घटनास्थलको मुचुल्का उठाउने र पोष्टमार्टमपछि थप अनुसन्धान हुन्छ, घटनास्थलमा म पनि जाँदैछु ।' तारिखेतमा छोरीको घरमा बस्दै आएका अदै मंगलबार साझ करिब ७ बजे बेपत्ता भएका थिए । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार साँझ खोजेकै ठाउँमा बिहान उनी मृत अवस्थामा भेटिएका थिए । मृतक अदै छोरीको घरमा बसी व्यावसायीक रुपमा भैसी पालन गर्दै आएका थिए । भिडिओ