बुर्तिबाङ छोरीको घरमा बस्दै आएका अदै मृत फेला, हत्याको आंशका

बागलुङको ढोरपाटन नगरपालिका २ तारिखेतमा एक व्यक्ति मृत फेला परेका छन् । ढोरपाटन नगरपालिका ६ घर भएका ५५ वर्षीय चेबो अदै तारिखेलस्थित सिमीबारीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए ।

बुर्तिबाङ छोरीको घरमा बस्दै आएका अदै मृत फेला, हत्याको आंशका
रमा क्षेत्री, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-२ तारिखेतमा एक व्यक्ति मृत फेला परेका छन् । ढोरपाटन नगरपालिका -६ घर भएका ५५ वर्षीय चेबो अदै तारिखेतस्थित सिमीबारीमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश अधिकारीले जानकारी दिए । उनका अनुसार तारिखेतमा छोरीको घरमा बस्दै आएका अदै मंगलबार साझ करिब ७ बजे बेपत्ता भएका थिए । साँझ नै परिवारले खोजी गरे पनि नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार साँझ खोजेकै ठाउँमा बिहान उनी मृत अवस्थामा भेटिएपछि हत्याका आंशका गरिएको छ । अहिले शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीमा ल्याउने तयारी भइरहेको निरीक्षक अधिकारीले जानकारी दिए । मृतक अदै छोरीको घरमा बसी व्यावसायीक रुपमा भैसी पालन गर्दै आएका थिए ।