काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
उनले सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको रानिपोखरीका एआईजी श्याम ज्ञवालीले जानकारी जानकारी दिए ।
भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
२०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् ।
नक्कली शरणार्थी प्रकरण : कांग्रेसका पूर्व सांसद शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण
उनले सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको रानिपोखरीका एआईजी श्यामलाल ग्यावलीले जानकारी जानकारी दिए ।

