काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा बराललाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालत परिसरमा बरालले नाराबाजी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बरालले ‘भ्रष्टाचारी मुर्दावाद’ भनेर नारा लगाएकी थिइन् । बराल आफुलाई सामाजिक अभियानताको रुपमा चिनाउँदै भ्रष्टचार र बेथितिविरुद्ध हुने विभिन्न आन्दोलनमा सहभागी हुँदै आएकी छन् ।
टोपबहादुरविरुद्ध नाराबाजी गरेपछि तारा बराल पक्राउ
भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

