सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यलय पुर्याएको छ ।

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी
काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यलय पुर्याएको छ । लामो समय फरार रहेर आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई म्याद थपको प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय लगिएको हो । आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि केही बेरमा रायमाझीलाई जिल्ला अदालत काठमाडौं पेश गरिने बताइएको छ ।