नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरलाई ३ दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण  : टोपबहादुरलाई ३ दिन थुनामा राख्न अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालतले अनुसन्धान लागि उक्त म्याद दिएको हो। पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो। प्रहरीले उनलाई सोमबार अदालत पेस गरेको हो। प्रहरीले अब रायमाझीलाई बयान गराउने छ। रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरुलाई सहयोग गरेको अनुसन्धानमा पाइएको थियो। रायमाझीका छोरा सन्दीप रायमाझीको नाममा चेकसमेत लिएको र विचौलियाहरुसँग पटक–पटक भेटघाट र घुमफिर गरेको समेत पाइएको थियो।