काठमाडौं । आइतबार (हिजो) राति परेको पानीका कारण आएको बाढीले अवरुद्ध भएको वीपी राजमार्ग सुचारु भएको छ। वर्षाका कारण वीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो।
कालढुंगामा लेदोले चार वटा गाडी समेत पुरेको थियो। हाल पुरेका गाडीहरु निकालिने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीमा रहेका चालक र यात्रीहरु भने सकुशल रहेका छन्।
बाढीले अवरुद्ध वीपी राजमार्ग खुल्यो, लेदोमा फसेका गाडी निकालिंदै
आइतबार (हिजो) राति परेको पानीका कारण आएको बाढीले अवरुद्ध भएको वीपी राजमार्ग सुचारु भएको छ।

