काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परेका थिए ।
उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई सोह्रखुट्टे प्रहरी हिरासतमा लगिएको थियो।
थप अनुसन्धानका लागि रायमाझीलाई म्याद थप्न जिल्ला अदालत काठमाडौंमा लैजान लागिएको हो ।
नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका टोपबहादुरलाई अदालत लगिँदै
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परेका थिए ।