फरार टोपबहादुर रायमाझी पक्राउ

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए ।

फरार टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरिले न्यूज खरीलाई जानकारी दिए । 'अहिले बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको छ', उनले भने, ' प्रहरीले काठमाडौं प्रहरी परिसरमा ल्याउँदैछ ।' उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए ।