पूर्वगृहमन्त्रीको छोरा थापाविरुद्ध पक्राउ पूजी जारी

नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौंले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।

पूर्वगृहमन्त्रीको छोरा थापाविरुद्ध पक्राउ पूजी जारी
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत काठमाडौंले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पूर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ । त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।