काठमाडौं । मोदी इनर्जीको आइपिओ आज बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो।
जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ। कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो।
कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो भने ५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता आइपिओ कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको थियो।
बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
मोदी इनर्जीको आइपिओ बाँडफाँड, साढे ५ लाखले पाए १० कित्ता सेयर
बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो।

