सरकार, ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’ भन्दै माइतीघरमा प्रदर्शन

नागरिक अगुवासहितको टोलीले माइतीघरमा भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । त्यस्तै कविहरुले कवितामार्फत विरोध जनाए ।

सरकार, ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’ भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । नागरिक अगुवाहरुले काठमाडौंको माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिवार माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माइतीघरमा भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । त्यस्तै कविहरुले कवितामार्फत विरोध जनाए । विरोध प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचारीलाई कारागार’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो ?’ ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, लगायतका नाराहरू सहित प्रदर्शन गरेका थिए ।