धौलागिरीको बेसक्याम्पमा फेरि अर्को शव फेला

फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा १ बस्ने २७ वर्षीय देव लामाको रहेको शव उद्दारमा प्रत्यक्ष खटिएका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले जानकारी दिए ।

धौलागिरीको बेसक्याम्पमा फेरि अर्को शव फेला
मुस्ताङ । धौलागिरी आधार शिविरको झन्डै ५ हजार मिटर उचाइमा एक जनाको शव फेला परेको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएकाको शव शनिबार बिहान फेला परेको हो। फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा १ बस्ने २७ वर्षीय देव लामाको रहेको शव उद्दारमा प्रत्यक्ष खटिएका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले जानकारी दिए । उनी ७ महिनाअघि फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनी मार्फत विदेश पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका थिए। प्रतिकुल मौसमका कारण उनी बेपत्ता भएका पर्यटनकर्मी शेरचनले बताए। धौलागिरी आधार शिविरको फ्रेन्च पास क्षेत्रमा नेपाली सेनाको हेलीमार्फत शुक्रबार शवको खोजी अघि बढाइएको थियो। खोजी कार्यमा संलग्न नेपाली सेनाको टोलीले विशेष उपकरणको सहायताले बेपत्ता शव पत्ता लगाइएको थियो। फ्रेन्च पासमा ५ फिट मुनि हिउँ भित्र गाडिएको अवस्थामा रहेको शव बाहिर निकालिएको शेरचनले बताए। अहिले शवलाई नेपाली सेनाको हेलीले पोखरा हुँदै काठमाडौंस्थित टिचिङ अस्पतालमा लगेको शेरचनले जानकारी दिए। यसअघि गत बैशाख १२ गते पनि एक जना पर्यटक भरियाको शव फेला परेको थियो।