काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा सोमबारदेखि करिब दुई साता वितरण रोकिने भएको छ। सिन्धुपाल्चोकको हेलम्बु १ स्थित मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतका लागि वितरण बन्द गरिने भएको हो।
२०७८ को बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुर्याएको थियो। त्यसको पुरा मर्मत भइनसक्दै हाल पानी वितरण भइरहेको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार वर्षायामलाई ध्यानमा राख्दै सुरुङको रेक्टिफिकेसन र हेडवर्क्स लगायतका संरचनाहरु मर्मत गरिने छ।
मर्मतपछि वर्षायाममा पनि पानीको वितरण नियमित राख्ने समितिको योजना छ। यसका लागि परामर्शदाताले ८ देखि १५ दिनको कार्ययोजना बनाएका छन्। यो अवधिमा उक्त कार्ययोजना अनुसार काम गरिने छ।
त्यसैले पानीको वितरण जेठ १ देखि बन्द हुने जानकारीको पत्र समितिका कार्यकारी निर्देशक इन्जिनियर कमलराज श्रेष्ठले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) लाई पठाएका छन्।
मागका अनुपातमा काठमाडौंमा केयुकेएलले पानी पुर्याउन सकेको थिएन। मेलम्चीको पानी आउँदा काठमाडौं महानगरमा वितरण हाल सहज छ। उपभोक्ताले पर्याप्त पानी पाएका छन्। मर्मतका लागि केही दिन आपूर्ति रोकिँदा भने व्यवस्थापन फेरि जटिल हुने भएको छ।
काठमाडौंमा दुई साता मेलम्चीको पानी नआउने
मेलम्चीको पानी काठमाडौंमा सोमबारदेखि करिब दुई साता वितरण रोकिने भएको छ। सिन्धुपाल्चोकको हेलम्बु १ स्थित मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतका लागि वितरण बन्द गरिने भएको हो।

