२२ जना एसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्। सिफारिसमा डीएसपी गौतम कुमार केसी भने १ नम्बरमा परेका छन् भने राजन भुजेल २२ औँ नम्बरमा परेका छन्। बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तीमगर, वास…

२२ जना एसपीमा बढुवा (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन्। सिफारिसमा डीएसपी गौतम कुमार केसी भने १ नम्बरमा परेका छन् भने राजन भुजेल २२ औँ नम्बरमा परेका छन्। बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रूपेश खड्का, मिलन केसी, भावेश रिमाल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले र लगायत बढुवामा सिफारिस भएका छन्। बढुवा समितिको निर्णयविरुद्ध सात दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिनेछ।