छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ

राईलाई शुक्रबार दिउँसो फाउण्डेशनकै कार्यालयबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमूख डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ
काठमाडौं । विद्यालयका छात्राहरुलाई यौन दुरव्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ परेका छन् । राईलाई शुक्रबार दिउँसो फाउण्डेशनकै कार्यालयबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमूख डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए । अनुसार शुक्रबारविद्यालका छात्राहरुमाथि विगतदेखि यौनदुरव्यवहार गरेको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको डिएसपी मुकारुङको भनाई छ । राईमाथि लागेको आरोपबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । राई विगत लामो समयदेखि यौनको विषयमा खरो बोल्ने गर्दथे । उनी यौनका विषयमा खरो बोल्ने भएकाले सामाजिक सञ्जालमा भाइरलसमेत भएका थिए ।