सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ थियो।

सुनको मूल्य घट्यो
काठमाडौं । साताको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ। शुक्रवार सुन तोलामा ८ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ थियो। चाँदीको मूल्य शुक्रवार तोलामा ५५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा आइपुगेको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।