काठमाडौं । सरकारले खटाएका र सरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ। यो प्रवृत्ति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, कार्यालय, आयोग, प्रदेश कार्यालय, विभाग, तथा स्थानीय तहलाई परिपत्र गरेको छ।
मन्त्रालयले सरुवा भएको कार्यालयमा सात दिनभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ। सरुवा गरिएको ठाउँमा कर्मचारीलाई नपठाउने तथा रमाना नदिने कार्यालय प्रमुखलाई समेत विभागीय कारबाही हुने चेतावनी दिइएको छ।
सरकारले खटाएका र सरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ।
खटाएको ठाउँमा नजाने प्रवृत्तिले कार्यसम्पादनमै असर पर्ने ठानेर मन्त्रालयले यस्तो निर्णय गरेको सहसचिव तथा कर्मचारी प्रशासन महाशाखा प्रमुख हेमराज तामाङले बताए।
सरकारले खटाएका र सरुवा भएका कार्यालयमा ७ दिनभित्र नगए कारबाही
सरकारले खटाएका र सरुवा गरेका कार्यालयमा हाजिर गर्न नजाने, रमाना नबुझ्ने, अटेर गर्दै साविककै कार्यालयमा वर्षौंदेखि बस्ने प्रवृत्ति सरकारी कर्मचारीमा बढ्दै गएको छ।

