नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय

नेपाल धितोपत्र बोर्डले अगाडी बढाएको नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसद देखि मिडियामा भ्रष्टाचारका विभिन्न प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्णय सरकारले गरेको हो।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले अगाडी बढाएको नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसद देखि मिडियामा भ्रष्टाचारका विभिन्न प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्णय सरकारले गरेको हो। मन्त्रिपरिषद्को कार्यालयबाट नयाँ स्टक एक्सचेन्जको हाल सबै प्रक्रिया रोक्न लिखित निर्देशन अर्थमन्त्रालयमा दिएको छ। बोर्डले भने स्टक एक्सचेन्ज र कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडी बढाउदै मल्याङ्क समिति गठन गरेको थियो।