नक्कली शरणार्थी प्रकरण : कांग्रेसले खाँणमाथिको 'अनुसन्धान परिपक्क' भएपछि मात्र निर्णय लिने

हिजोको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता महतले नेता खाँणले अनुसन्धानमा सघाएको र उनी अहिल्यै दोषी ठहर भइनसकेको उल्लेख गर्दै ‘अनुसन्धान परिपक्व’ भएपछि मात्र पार्टीले एउटा निर्णय गर्ने बताएका थिए।

नक्कली शरणार्थी प्रकरण : कांग्रेसले खाँणमाथिको 'अनुसन्धान परिपक्क' भएपछि मात्र निर्णय लिने
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। बुधबार धुम्बाराहीमा बसेको बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता बालकृष्ण खाँणबारे कुनै निर्णय गर्न नसकेपछि कांग्रेसको पदाधिकारी बैठकले आज पनि निरन्तरता पाउने भएको हो । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेछ। हिजोको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता महतले नेता खाँणले अनुसन्धानमा सघाएको र उनी अहिल्यै दोषी ठहर भइनसकेको उल्लेख गर्दै ‘अनुसन्धान परिपक्व’ भएपछि मात्र पार्टीले एउटा निर्णय गर्ने बताएका थिए। बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय सदस्य खाँणलाई निलम्बन गरी अनुसन्धान सघाउन प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले कुनै प्रतिक्रिया नदिएको बताइएको छ।