राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगर परिक्रमा

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विराटनगर नगर परिक्रमा गराइएको छ।

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगर परिक्रमा
विराटनगर । राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विराटनगर नगर परिक्रमा गराइएको छ। एशिया कप छनोटअन्तर्गत भएको लिग टु मा उपाधि विजेता भई एशिया कपमा छनोट भएको राष्ट्रिय क्रिकेट टिमलाई उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बुधबार नगर परिक्रमा गराएको हो। विराटनगर विमानस्थलबाट राष्ट्रिय टिमका खेलाडीलाई स्वागतसहित कञ्चनबारी चोकबाट र्‍यालीसहित बरगाछी, तीनपैनी चोक, रोडशेष चोक, महेन्द्र चोक हुँदै पुनः बरगाछी लगेर समापन भएको थियो।