तीव्र गतिमा हावा चल्दा हवाई उडान प्रभावित, जहाजहरू आकाशमै फन्को लगाउँदै

तीव्र गतिको हावा चल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलनमा जहाज उडान र अवतरण प्रभावित भएको छ ।

तीव्र गतिमा हावा चल्दा हवाई उडान प्रभावित, जहाजहरू आकाशमै फन्को लगाउँदै
काठमाडौं । तीव्र गतिको हावा चल्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलनमा जहाज उडान र अवतरण प्रभावित भएको छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका जहाज काठमाण्डौ, बारा, मकवानपुरमाथिको आकाशमा फन्को लगाइरहेका छन् । काठमाडौंमा विदेशबाट आएका जहाज दक्षिणबाट अवतरण हुने र अहिले दक्षिणबाटै हावा चलेका कारण अवतरणमा समस्या आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । तीव्र गतिको हावा चल्दा दोहाबाट आएको कतार एअरवेज, दिल्लीबाट आएको विस्तारा र इन्डिगो, जापानबाट आएको नेपाल एअरलाइन्स र दुबईबाट आएको फ्लाई दुबई लगायतको जहाज अवतरण गर्न नसकेका हुन् । फ्लाई दुबईको जहाज ओभरशुटु नै गरिएको थियो ।