शरणार्थी प्रकरण : आफ्नो नाम जोडिएको भन्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

शरणार्थी प्रकरण : आफ्नो नाम जोडिएको भन्दै आरजु राणाले दिइन् साइबर ब्यूरोमा उजुरी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । उनले फेक अडियो सार्वजनिक गर्ने दोषीलाई कारबाही गर्न मागसमेत गरेकी छन् ।