कांग्रेस सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताको आकस्मिक बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्।

कांग्रेस सभापति देउवाले बोलाए  पार्टीका  शीर्ष नेताको आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि थप छलफलका लागि बैठक बोलाएका हुन्। दिउँसो सिंहदबारमा तीन दलका शीर्ष नेताको बैठकपछि उनले आफ्नो पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन्। बैठक ५ वजे देउवा निवास धुम्बाराहीमा हुने एक नेताले बताए।