पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतमा लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले बुधबार काठमाडौं जिल्ला अदालत लगेको छ।

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालतमा लगियो
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले बुधबार काठमाडौं जिल्ला अदालत लगेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि खाणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो। अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायका अनुसार थप सोधपुछ र प्रमाण जुटाउन अनुसन्धानलाई प्रभावकारी बनाउन उनलाई पक्राउ गरिएको हो।