फरार सांसद रायमाझीले संसद् सचिवालयलाई पठाए बिरामी भएको पत्र

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसद टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका छन् ।

फरार सांसद रायमाझीले संसद् सचिवालयलाई पठाए बिरामी भएको पत्र
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सांसद टोपबहादुर रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका छन् । संसद् सचिवालयका अनुसार प्रहरीले पक्राउ पुर्जी लिएपछि फरार रहेका सांसद रायमाझीले लिखित पत्र पठाउँदै आफू बिरामी भएको जानकारी दिएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीको पत्र प्राप्त भएको बताएका हुन् । पत्र प्राप्त भए पनि दर्ता नभएको सचिवालयले जनाएको छ ।संविधानको धारा ८९ (घ) मा कुनै सांसद सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पदबाट मुक्त हुने व्यवस्था छ । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन छन् । आफूलाई पक्राउ गर्न लागिएको जानकारी पाएलगत्तै रायमाझीले प्रहरी उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई फोन गरी आक्रोश पोखेका थिए ।