टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन

एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ।

टोपबहादुर रायमाझीलाई एमालेले गर्‍यो निलम्बन
काठमाडौं । एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कारण रायमाझीलाई निलम्बन गरेको एमालेले विज्ञप्ति मार्फत् जानकारी गराएको छ। एमालेले यस प्रकरणको अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्मका लागि रायमाझीलाई निलम्बन गरेको जनाइएको छ। एमाले महासचिव शंकर पोखरेलका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर निलम्बन गरिएको हो। यस प्रकरणमा तानिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन्।