संसद बैठक सुरु भए लगत्तै राप्रपाको अवरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् ।

संसद बैठक सुरु भए लगत्तै राप्रपाको अवरोध
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गरेका छन् । बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे । सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए । ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे । राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका छन् ।