एमाले सांसद एकनाथ ढकाल आएकै विमानमा मध्यरात कोरिया फिर्ता

एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल काठमाडौं आएलगत्तै कोरिया फर्केका छन् ।

एमाले सांसद एकनाथ ढकाल आएकै विमानमा मध्यरात कोरिया फिर्ता
काठमाडौं । एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल काठमाडौं आएलगत्तै कोरिया फर्केका छन् । उनी हिजो राति हङकङ हुँदै सिउलबाट स्वदेश फर्केका थिए । १० बजे ओर्लेका उनी साढे १२ बजे सोही विमानमा हङकङ हुँदै कोरिया गएको बताइएको छ । ढकाल वैशाख १७ गते हङकङ हुँदै कोरिया गएका थिए । उनी हिजो क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६०३ मा राति १० बजे काठमाडौं आइपुगेका हुन् । तर, सोही एअरलाइन्सको मध्यरात साढे १२ बजे काठमाडौंबाट हङकङको लागि प्रस्थान गरेको उडान नम्बर सीएक्स ६०४ मा ढकाल गएको बताइन्छ । साढे दुई घण्टाको निम्ति काठमाडौं विमानस्थलमा ओर्लेर पुनः उतै लाग्नुलाई शंकास्पद र अर्थपूर्ण ठानिएको छ ।