काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै प्रहरीले उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
उनका सहयोगी केसीसहित खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यसपछि काठमाडौं प्रहरी परिसर ल्याइने उनले बताए।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो। गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक एको थियो।
आज बिहानै पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पनि प्रहरीले पक्राउ गरेको छ । अहिलेसम्म यस प्रकरणमा १२ जनालाई प्रहरीले समातेको छ।
पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव पनि घरबाटै पक्राउ
उनका सहयोगी केसीसहित खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

